बेनीमा विविध साँस्कृतिक कार्यक्रम हुदैँ

  • ११ श्रावण २०७४, बुधबार
  • धिरन खत्री
  • 1877 पटक पढिएको

म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा साउन १२ गते विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । बेनी नगरपालिका–५ , निवासी शारिरीक रुपमा अपाङ्गता भएका कलाकार कृष्ण क्षेत्रीको थप सांगितिक क्षेत्रको सफलताको लागि सास्कृतिक कार्याक्रम आयोजना गरिएको हो ।
शारिरिक रुपमा अपाङ्गता भएपनि सांगितिक क्षेत्रमा सम्भावना बोकेका कलाकार क्षेत्रीको एल्वम निकाल्न लागि सहयोग गर्ने उद्देश्यले बेनी स्थित क्याम्पसचोकमा रहेको रुचिचलचित्र हलमा चर्चित गायक तथा हास्य कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।
उक्त विविध सास्कृतिक कार्यक्रममा कलाकार कृष्ण क्षेत्रीको साथै चर्चित लोक गायकहरु धुव्र जिशि, कुलदीप जूग्जाली, अमित विश्वकर्मा, पदम विश्वकर्मा तथा हास्यकलाकार रवि कार्की लगायतका थुप्रै कलाकारको प्रस्तुती हुने आयोजकका सदस्य राजीन भण्डारीले जानकारी दिए ।
उनका अनुसार गायक तथा हास्यकलाकार शक्ति छिनाल, किरण पुन, नारायणप्रसाद पौडेल, शान्ता परियार, प्रजु विश्वकर्मा, राजिन भण्डारी नन्द गर्वुजा, सन्तोष परियार, श्याम बोहोरा लक्ष्मण÷विकास (जिग्रि÷पाडेको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l