सोमबार गलेश्वरधाममा भक्तजनको चहलपहल

  • ९ श्रावण २०७४, सोमबार
  • धिरन खत्री
  • 3012 पटक पढिएको

म्याग्दी, ८ साउन । धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध स्थल मानिएको म्याग्दीको गलेश्वरधाममा साउने सोमबारका दिन दर्शन गर्ने भक्तजनहरु बढेका छन् । गलेश्वरधाममा हरेक बर्ष जस्तै साउनमा पर्ने ५ ओटा सोमबार भगवान शिवको दर्शन गर्नाले भक्तजनले मनले मागेको प्राप्त हुने विश्वासले साउने सोमबार भक्तजनको संख्या बढेको हो ।


अलौकिक विशाल चक्रमा रहेको गलेश्वरधाममा १०८ शिवलिङ्ग र गलेश्वर भगवानको दर्शन गर्नाले पुण्य तथा मागेको पुरा हुने हदाँ भक्तजनको लागि साउने सोमबार विशेष बनेको हो । अलौकिक  धार्मिकस्थलमा दर्शन गर्ने भक्तजनहरु पछिल्लो समय पाका उमेरका भन्दा युवायुवतीहरुको संख्या बढीरहेको छ ।


प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउनको दोश्रो सोमबार म्याग्दी,बागलङ पर्वत लगायतका जिल्लाहरुबाटे भगवानको शिवजीको दर्शन गर्न उपस्थित रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधव रेग्मीले बताए ।साउनको दोश्रो सोमबार २० हजार भन्दा बढी भक्तजनले गलेश्वरधामको दर्शन गरेका समितिले जनाएको छ।


आन्तरिक र बाह्य पर्यटकको गन्तवय रहेको म्याग्दीको रघुगंगा र कालिगण्डकी नदीको पवित्र संगमस्थलमा रहेको ९ रोपनी विशाल चक्रशिलामा अवस्थित अलौकिक धार्मिक स्थल गलेश्वरधाममा हरेक बर्ष जस्तै श्रावण महिना भरि ५ ओटै सोमबार भगवान शिवको प्रतिक मानिन्छ ।


म्याग्दीको बेनी नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा सोमबारसंगै अन्य समयमापनि भक्तजनहरु दर्शन मात्र गर्दैन्न मन्दिरसंग फोटाहरु पनि खिच्ने गर्दछन् मन्दिर परिसरमा रहेर पछिल्लो विभिन्न गितहरु  छायांकन पनि हुने हदाँ धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकसित भएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l