ग्वालीचौर जीप दुर्घटनामा ४ जनाको मृत्यु, घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

  • ९ श्रावण २०७४, सोमबार
  • 3007 पटक पढिएको

बागलुङ, ९ साउन । बडीगाड गाउँपालिका–५ ग्वालीचौर जीप दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । दृर्घटनामा परि वै घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । सोमबार विहान भएको दुर्घटनामा ४ जनाको घटना स्थालमै मृत्युभएको थियो भने ६ जना घाईते भएका िथिए । उनीहरु सबैलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित ग्राण्डी अस्पताल लगिएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको समन्वयमा गृहमन्त्रालयले हेलिकप्टर पठाएको हो । दुर्घटनामा परि बाढिगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाईजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्युभएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा बडिगाड–८ रणसिंहकिटेनीका भिम वहादुर शेर्वुजा, टेक वहादुर पाइजा र दिपशिखा पाइजा गम्भीर घाईते भएका छन् ।

उनीहरुको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । बडिगाड–८ कै बालमति पाइजा र दिनेश पाईजा तथा गलकोट नगरपालिका–१० पाण्डवखानी भिम वहादुर श्रीस पनि घाईते छन् । दुर्घटना स्थल जिल्ला सदरमुकामबाट पुष्पलाल मध्यपहाडीलोकमार्गमा सवारी साधाको ५ घण्टा पश्चिमको यात्रापछि पुगिन्छ । जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटना स्थाल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु लम्सालले जानकारी दिनुभयो । नयाँ विश्वडटकमको सहयोगमा