ख्वाङ्जु भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी

  • ९ श्रावण २०७४, सोमबार
  • 4260 पटक पढिएको

म्याग्दी, ९ साउन । कोरियामा सम्पन्न भएको ख्वाङ्जु समाजको आयोजनामा भएको भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी भएको छ । फाईनलमा ख्वाङ्जु समाज लाई पराजित गर्दै दक्षिण कोरियामा रहेका म्याग्देलिहरुको टिम मोना कोरिया बिजयी हुन सफल भएको हो ।

 यस अघि मोना कोरियाले मोक्पो भलिबल टिम र वाइजिवान् भलिबल टिमसमाज लाइ पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । फाइनलमा ख्वाङ्जु समाजलाई लगातार दुइ सेटमै पराजित गर्न सफल भएको थियो ।

विभिन्न १२ टिम सहभागि प्रतियोगितामा प्रथम हुन सफल मोना कोरियाको टिमलाई नगद आठ लाख वन सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि उपबिजेतालाई नगद रु पाँच लाख वन प्रदान गरिएको थियो । मोना कोरियाको टिम मोना कोरियाका अध्यक्ष आलोक बानियाँ, खुलकुद संयोजक गोविन्द बानियाँ र पुरन बायिनाँको कप्तानिमा मैदानमा उत्रिएको थियो ।

(MONA) दक्षिण कोरिया
तर्फबाट समावेश खेलाडी हरु
१) गोबिन्द बानियाँ: खेलकुद संयोजक
२) पुरण बानियाँ : टिम क्याप्टेन
३)बिजय कार्की : टीम कोच
४)मनोज कार्की :प्रमुख स्पाइकर
५) प्रेम भन्डारी : स्पाइकर
६)शुसिल भन्डारी : स्पाइकर
७)बिकास के.सि :लिब्रो
८) नबिन के.सि :रेज
९)एकेन्द भन्डारी
१०) बिशाल थापा