पिप्लेमा सम्पन्न स्वास्थ्य शिवीरबाट करिब पन्ध्र सय लाभान्वित

  • १ फाल्गुन २०७३, आईतवार
  • धिरन खत्री
  • 1837 पटक पढिएको

म्याग्दी, १ फागुन । म्याग्दीको पिप्लेमा सम्पन्न निशुल्क स्वास्थ्य शिवीरबाट करिब पन्ध्र सय जना लाभान्वित बनेका छन्। पिप्लेमा रहेको स्थानीय क्रियटिभ युथ ग्रुप (सिवाइजी) र पिप्ले महिला विकास सहकारी सस्थाको संयुक्त आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको हो ।

1

शिवीरमा नाक, कान, घाँटी ,सुगर परिक्षण ,सामान्य स्वास्थ्य परिक्षण ,स्त्री तथा प्रसुतिरोग ,दन्त रोग परिक्षण गर्नुका साथै बिरामीहरुको लागि भिडियो एक्सरे सेवा समेत उपलब्ध गराईएको थियो । शिविरमा कुल १ हजार ४ सय ७६ जना बिरामीले स्वास्थ्य परिक्षण सेवा लिएको सिवाईजी ग्रुपका सह– सचिब सञ्जय शर्माले जानकारी दिनुभयो ।

शिवीरमा गण्डकी अस्पताल पोखरा तथा रिजनल अस्पताल मा कार्यरत स्त्री रोग विशेषज्ञ डा. तारा गुरुङ र नाक , कान , घाटी रोग विशेषज्ञ डा. आकाशमणी भण्डारी तथा म्याग्दी जिल्ला अस्पतालका डाक्टरहरुबाट विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

2

शिवीर उद्घाटन कार्यक्रम सिवाईजी ग्रुप पिप्लेका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस शोसाइटि पिप्ले उप–शाखाकी सभापती देवीकुमारी शाहीले गाउँमा आयोजित शिवीरले आर्थिक रुपमा विपन्न भएकाहरुलाई राहत मिलेको बताउनुभयो ।

3

सहकारीका अध्यक्ष देवि कुमारी शाही मल्लको संयोजन,ग्रुपका उपाध्यक्ष सुमित शाहीको स्वागत मन्तव्य तथा सह सचिब सञ्जय शर्मा को सञ्चालनमा कार्यक्रम सम्पन्न भयको थियोे । कार्यक्रममा शिवीर सञ्चालनको लागि आर्थिक ,भौतिक ,नैतिक सहयोग गर्ने व्यक्ति तथा सस्थाहरुलाई सम्मान गरिएको थियोे भने अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

4

सोही कार्यक्रममा गाविसद्धारा जेष्ठ नागरिक हरुलाई फलफुल बितरण समेत गरिएको थियो । समृद्ध समाजको पहिचान ,हाम्रो अभियान भन्ने मुल नाराका साथ गत असोजमा स्थापना भएको क्रियटीभ युथ ग्रुपले रक्तदान, सरसफाईको लागि कन्टेनर वितरण, विद्यालयको भवन पुननिर्माणमा श्रमदान, गोरेटोबाटो मर्मत तथा सरसफाई लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

धिरन खत्री