पहिरो खसेपछि बेनी दरवाङ सडकमा सिधा सवारी अवरुद्ध

  • ८ श्रावण २०७४, आईतवार
  • सन्तोष गौतम
  • 4556 पटक पढिएको

म्याग्दी, ८ साउन । लाम्पाटा र फापरखेतमा पहिरो खसेपछि म्याग्दीको बेनी–दरवाङ सडकमा आईतबारदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको छ । २४ किलोमिटर दुरीको सडकमा यात्रा गर्दा तिन ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ । करोडौ खर्च गरेर पहिरो रोकथामका लागि हालै निर्माण गरिएको संरचनामा समेत पहिरोले क्षत्ती पु¥याएको छ ।

मंगला, मालीका र धौलागिरी गाउँपालीकाका सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । निर्माण सामाग्री र खाद्यान्न ढुवानी प्रभावित भएको छ । यसैगरी म्याग्दी ट्याक्सी ब्यवसायी समितिले बेनी गलेश्वर सडकको जलेश्वर खण्डमा हिलाम्मे बनेको सडक मर्मत गरेका छन् ।

करिब २५ हजार रुपैया खर्च गरेर हिलाम्मे बनेको सडकमा ग्राभेल हालेर मर्मत गरिएको समितिका महासचिव भोजबहादुर थापा (कुमार)ले जानकारी दिनुभयो । समितिको कोषबाट खर्च गरेर डोजर र ट्याक्टर परिचालन गरिएको थियो ।

गलेश्वरमा लाग्ने साउने मेलामा आउने भक्तजनको सुबिधाका लागि सडक मर्मत गरेको समितिले जनाएको छ । करिब पचास मिटर सडकमा ग्राभेल बिछ्याइएको छ ।

 

सन्तोष गौतम