लायन्स क्लबहरुद्धारा सिकागो सम्मेलनमा सहभागि भएकाहरुलाई स्वागत

  • ८ श्रावण २०७४, आईतवार
  • 2203 पटक पढिएको

म्याग्दी, ८ साउन । लायन्स क्लब अफ इन्टरनेश्नल स्थापना भएको एक सय बर्ष पुगेको अबसरमा अमेरिकाको सिकागोमा हालै भएको अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागि भएर फर्किएका म्याग्दीका प्रतिनिधिहरुलाई स्वागत तथा भेटघाट गरिएको छ । सम्मेलनमा लायन्स क्लब अफ बेनी म्याग्दी र लायन्स क्लब अफ दोभानबाट ७ जनाले सहभागिता जनाएका थिए ।

बेनीमा रहेका लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ बि वान नेपाल अन्र्तगतका ८ वटै लायन्स क्लबहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सिकागो सम्मेलनमा सहभागी भई फर्किएका लायन्सकर्मीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा सम्मेलनमा सहभागी भई फर्कनुभएका सन्तोष रावल, ठाकुर प्रसाद शर्मा, जिबन बहादुर विश्वकर्मा, चन्द्रप्रकाश बराईली, दशरथ कर्माचार्य, नविना रावल र विष्णु कर्माचार्यले अमेरिका सम्मेलनमा सहभागिता जनाउँदाको अनुभव व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले त्यहाँ सम्मेलनमा सहभागिता जनाउँदा आफुहरुले अन्य देशमा प्रतिनिधिहरुलाई नेपाल र म्याग्दीको भम्रणको लागि समेत निम्तो दिएको जानकारी गराउनुभएको थियो । लायन्स क्लब अफ बेनी मयग्दीका अध्यक्ष अमर बानियाँको अध्यक्षता, पूर्व अध्यक्ष उक्तम कर्माचार्यको स्वागत र जानकी विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अबसरमा अमेरिकाको सिकागो सम्मेलनमा सहभागी भएर फर्किएका लायनकर्मीहरुले कार्यक्रममा सहभागिहरुलाई उपहार समेत प्रदान गर्नुभएको थियो ।