गलेश्वरमा निशूल्क स्वास्थ्य शिवीर

  • ७ श्रावण २०७४, शनिबार
  • 1515 पटक पढिएको

म्याग्दी,७ साउन । नेपाल आर्युवेद स्वास्थ्यकर्मी समाज अञ्चल कमिटिको प्राबिधिक सहयोग र संगिता आर्युवेद फर्मा पिपलचोक बेनीको आयोजनामा शनिबार बेनी नगरपालीका ९ गलेश्वरमा निशूल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । गलेश्वर अन्नक्षेत्रमा आयोजित शिवीरमा १०५ जनालाई स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा दिइएको थियो ।
अन्नक्षेत्रका अध्यक्ष भिमनाथ पराजुलीको अध्यक्षता, समाजका दामोदर शर्माको सञ्चालन र रमाकान्त सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । शिवीरमा रमेश शर्मा भुषाल, लक्ष्मण शर्मा चालीसे, प्रकाशचन्द्र सुवेदी, चन्द्रप्रसाद आचार्य र नरहरी बरालले प्राबिधिक सेवा प्रदान गर्नुभएको थियो ।