एनआरएनए बहराईनको अध्यक्षमा म्याग्दीका पुन निर्विरोध निर्वाचित

  • ७ श्रावण २०७४, शनिबार
  • राम चन्द्र पौडेल
  • 4043 पटक पढिएको

मनमा बहराईन ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराईनको अध्यक्षमा म्याग्दीका लालप्रसाद पुन निर्वाचित हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल बहराईनमा रहनुभएका एनआरएनए बहराईनका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहनुभएका पुन छैटौँ अधिवेसनबाट अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

म्याग्दी उद्धार समिति बहराईनको पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार समेत रहनुभएका पुन जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक संकलनका लागि बहराईनमा थालिने अभियानहरुमा सक्रिय भुमिका खेल्दै आउनुभएको छ । त्यस्तै एनआरएनए बहराईनको कोषाध्यक्षमा म्याग्दी उद्धार समिति बहराईनका बिशिष्ट सल्लाहरका रहनुभएका ताकमका राजाराम सुवेदी चयन हुनुभएको छ ।

नवनिर्वाचित एनआरएनए बहराईनका अध्यक्ष पुनले बहराईनमा रहेका नेपाली कामदारहरुमा देखिएको समस्या समाधानमा लाग्ने आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभयो । उहाँले बहराईनमा पुग्ने कामदारहरुमा देखिने समस्या समाधान गर्ने, अल्पत्र रहेका कामदारहरुलाई स्वदेश फिर्ताको लागि पहल गर्ने, भैपरी आउने आपतविपतमा सहयोग गर्ने जस्ता कार्यहरुलाई समेत अफुल प्राथमिकतामा राखेर काम गर्ने बताउँदै सामाजिक सेवाको क्षेत्रलाई समेत संगसंगै अगाडी बढाउने प्रतिकृया दिनुभयो । 

एनआरएनए बहराईनको अधिवेसनमा एनआरएनका मध्यपूर्व क्षेत्रीय संयोजक डीबी क्षेत्रीको बिशेष उपस्थिती रहेको कार्यक्रममा   नेपाली राजदुतावासका का ब राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्य र महासचिव राज कुमार बस्नेतको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनबाट आई सि सि सदस्यमा कमल श्रेष्ठ लाई चयन गरियको छ । अधिबेशनबाट समितिको  उपाध्यक्षमा तेजराम सापकोटा,  शेर बहादुर राउत र नारायण उप्रेती निर्वाचित हुनुभएको छ ।

त्यसैगरि महिला उपाध्यक्षमा लक्ष्मी गिरी, महासचिबमा प्रेम बहादुर क्षेत्री, सचिबमा अजय गुरुङ, कोषाध्यक्षमा राजाराम सुबेदी ,सह सचिब शिव शंकर आचार्य, युबा संयोेजक अमर श्रेष्ठ, महिला संयोजक पुष्पा श्रेष्ठ प्रजा, सास्कृतिक संयोजक टेक बहादुर महत (अशिम), कल्याणकारी कोष संयोजक मा पुरण के सि तथा सदस्य मा अन्जु बिक, दिप बिक्रम राणा, अनिल श्रेष्ठ र पदम कुमार गुरुङ निर्बिरोध चयन भएका छन् । त्यसैगरि खेलकुद संयोंजकमा कमल प्रसाद घिमिरे तथा पर्यटन प्रवद्र्धन संयोजकमा राजेश गुरुङ चयन भएका छन् ।

 

 

राम चन्द्र पौडेल