लायन्स क्लबद्धारा डम्मरामा वृक्षारोपण

  • ७ श्रावण २०७४, शनिबार
  • 2121 पटक पढिएको

म्याग्दी, ७ साउन । बेनी–दरवाङ सडकको डम्मरा खण्डको सडक छेउछाउको क्षेत्रमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी सिटी र बेनी नगरपालीका ६ को डम्मरा आमा समूहले भुक्षय, पहिरो रोकथाम र हरियाली प्रर्वद्धनका लागि सडक किनारमा वृक्षारोपण गरेका हुन् ।

लायन्स क्लब अफ बेनी सिटी २०१७–१८ को पहिलो कार्यक्रम अन्तरगत विभिन्न प्रजातीका पाँच सय बिरुवा रोपीएको क्लबका निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो । क्लबका अध्यक्ष ईश्वर श्रेष्ठको नेतृत्व्मा गएको टोलि र आमा समूहका पदाधीकारी, सदस्य र स्थानीय बासिन्दाले वृक्षारोपण गरेका थिए ।