बाढीले बेगखोलाको पुल बगाएपछि बेनी जोमसोम सडकमा सिधा सवारी अबरुद्ध

  • ५ श्रावण २०७४, बिहीबार
  • 5534 पटक पढिएको

म्याग्दी ५ साउन । म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । गत बर्ष आएको बाढीले बेगखोलामा रहेको पुल बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको थियो ।

सो ठाउँमा गयराती आएको बाढीले अस्थायी साँघु बगाएपछि बेनी–जोमसोम सडकमा आवत जावत गर्ने सवारी साधन बिचबाटोमै रोकिएका छन भने सर्वसाधारण सवारी परिवर्तन गरि यात्रा गर्न बाध्य भएका छन् । आयोजनाका सुपरभाईजर इन्द्रसिङ शेरचनले डाईभर्सन बनाएर सडक खुलाउने तयारी भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहानैदेखि डाईभर्सन बनाउने काम सुरु गरिएको छ । यसैबीच पहिरोको जोखिमका कारण आजदेखि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।

भदौ १५ गतेसम्म बेनी नगरपालीका ९ गलेश्वर देखि अन्नपूर्ण गाउँपालीका ३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तस्बिरः अमर बानियाँ / शिब बानियाँ