बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै

  • ४ श्रावण २०७४, बुधबार
  • 3183 पटक पढिएको

म्याग्दी, ४ साउन । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद रु ४५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने क्लबका अध्यक्ष ललित पुर्जाले बताउनुभयो ।

त्यस्तै अनुशासित टिमलाई नगद रु १० हजार, वेष्ट टिम परिचालनलाई नगद रु ५ हजार, र वेष्ट ड्रेस टिमलाई नगद रु ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धरा पुरस्कृत गरिनेछ ।

त्यसैगरि उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, ,खेलाडी, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही नगद रु ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालनको लागि करिब रु ९ लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएकाले सबै क्षेत्रबाट सक्दो सहयोगको अपेक्षा गरिएको प्रतियोगिताका आर्थिक संयोजक किसान कार्कीले बताउनुभयो

सामाजीक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।