ट्राफिक कार्यालयबाट साढे ३२ लाख राजश्व सकंलन

  • ४ श्रावण २०७४, बुधबार
  • धिरन खत्री
  • 2765 पटक पढिएको

म्याग्दी, ४असार । म्याग्दीमा सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७३÷७४ मा रु ३२ लाख ६३ हजार राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ ।


आर्थिक बर्ष ७३÷७४ मा ४ हजार ९९ ओटा सवारीसाधन कारबाही हुदा गत बर्ष भन्दा भारिमात्रामा राजश्व उठाउन सफल भएको ट्राफिक कार्यालय प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनसार सबैभन्दा बढी राजश्व संकलन दशै तिहारको समयामा भएको छ । असाजेमा ३ लाख ८३ हजार, कार्तिक महिनामा ५लाख १८ हजार र मंसिर महिनामा ३ लाख ८५ हजार राजश्व सकंलन गरेको जिल्ला ट्राफिक प्रमुख पाठकले बताउनुभयो ।


विगत आथिर्क बर्षभन्दा यो बर्ष दोब्बरले राजश्व संकलन गर्न सफल भएको छ । ०७१÷७२ मा १३ लाख र ७२÷७३ आथिर्क बर्षमा १८ लाख ५२ हजार तिनसय राजश्व संकलन भएको थियो । भने विगत भन्दा ७३÷७४ मा १४ लाख बढीले राजश्व संकलन गर्न सफल भएको छ । सबभन्दा बढी मोटरसाइकल र जीपलाई कारबाही गरिएको छ ।


कार्यालयले लाइसन्स विना सवारी साधन चलाउने, हेलमेट विना मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम पालना नगर्ने सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ११ ओटा सवारी साधन दुर्घटना हुदा ७ जनाको मृत्यु भएको थियो भने २२ जना घाईते भएका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l