एन आर एन कोरियाको अध्यक्ष पदमा म्याग्दीका जुग्जालीको उमेद्वारी घोषणा

  • ४ श्रावण २०७४, बुधबार
  • 2203 पटक पढिएको

गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि सेप्टेम्बर १० तारिख हुन गइ रहेको छ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष म्याग्दीका ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।

जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।

जुग्जाली मोना अन्तराष्ट्रिय समितिको सहकोषाध्यक्ष, मोना कोरियाको सल्लाहकार, नेपाल मगर संघ कोरियाको सल्लाहकार ,कास्की परिवारको सल्लाहकार तथा मेची महाकाली युनाइटेडका सल्लाहकार पनि हुन् । जुग्जाली बिगत १२ बर्ष देखि सफल ब्यवसाहीका रुपमा पनि कार्यरत छन् । Source: www.fonijkorea.net