मनमा माया छ सानु (भिडियो सहित)

  • २ श्रावण २०७४, सोमबार
  • 2973 पटक पढिएको

म्याग्दी । तिजका गीतहरुले बजार तताईरहेको बेलामा तिजका गीतहरुसँग प्रतिस्पर्धा गर्नका लागि “मनमा माया चोखो छ सानु” बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिजका गीतहरुसँग प्रतिस्पर्धा गर्नका लािग आएको उक्त गीत माया प्रेम आधारित रहेको छ । सोही म्युुजिक भिडियो मार्फत राजकुमार परियार मोड्लिङ क्षेत्रमा डेव्यू गरेका छन् । नृत्य, गायन, हास्य व्यङग्य, तेक्वान्दो खेल लगायतका क्षेत्रमा समेत अब्बल छन् परियार ।

तेक्वान्दो खेलका प्रशिक्षक समेत रहेका परियार उत्कृष्ट नृत्यकार समेत हुन् । म्याग्दीमा हुने विभिन्न नृत्य प्रतियोगिताहरुमा सहभागी भएर दर्जनौ पुरस्कार हात पार्न सफल भएका परियारले आफ्नो भविष्य अव मोडलिङतिर पनि अगाडि बढाउने योजना सुनाए । शान्ति वर्देवा र जिवन सिग्देलले लेखेको उक्त गितमा विजय परियार र अमृता विश्वकर्माले स्वर दिएका छन् ।  भिमराज परियारले लय भरेका छन् । थ्रि स्टार मिडियाले बजारमा ल्याएको उक्त म्युजिक भिडियोमा राजकुमार परियार, हसिना र समिरलाइ  शिसिर श्रेष्ठले नचाएका हुन भने रेशम दर्लामीले भिडियो खिचेका हुन् ।

भिडियो