समृद्ध रघुगंगा गाउँपालिका सम्भव छ !

  • १ श्रावण २०७४, आईतवार
  • 7310 पटक पढिएको

हुन् त् मैले यहाँ उल्लेख गरेका कुराहरु पढी रहदा कतिपयले मलाइ यति झिनो बिषयको उठान गरेछ भन्नु होला त्यसलाई स्वागत छ र कतिपय पाठकको फरक बिचार या बिरोध आउला भद्र असहमतिलाई स्विकार्ने छु भने स्वच्छ बहस गरेर समस्याको समाधान गर्न यो बिषय संग सम्बन्धित हाम्रो पक्ष सधै तत्पर छ । परेवाले चिठ्ठी बोक्ने जमानाबाट आजको डिजिटल दुनियासम्म देख्नु भएका मेरा अग्रजहरुको आशिर्वादले गर्दा बाचेको छु र आज यो मनको कुरा लेख्ने हिम्मत जोडेको छु । मानिस कस्तो प्रकृतिको हुन्छ भन्ने कुरा ठ्याक्कै बयान गर्न म सक्दिन तर मानिस प्राय गाउ समाजका मान्छेले के भन्लान भन्ने पहिले सोच्छ र निर्णय गर्दै अघि बढ्छ । यसो गरि रहदा हामीले धेरै पटक गलत निर्णय लिएका हुन्छौ ।

स्वबिबेकले निर्णय गर्ने मानिसहरु बिरलै पाइन्छन । विश्वमा मानिसको औसत आयु जम्मा ५० बर्षमा दरिदा पनि हामि १०० वर्ष पछी पुगेर २०० बर्ष अघिको लागि सोच्छौ । किनकी मरे पछी बाचिन्न भन्ने बिर्सन्छौ । मरे पछि पनि चाहिन्छ भन्ने लोभले गर्दा कतिपय समय हिरा छाडेर चाँदिमा हामि रमाएका छौ । देश बिदेशका खबर अल इन्डिया रेडियो, आवा, रेडियो टि.भी हुदै बिबिध सामाजिक सञ्जालको बिस्तार संगै मिनेटमै बिश्व भरका हर गतिबिधिमा नजर पू¥याउन सकिने गरि प्रविधिको बिकास भै सक्दा पनि हाम्रो गाउ भने बिकास बिहिन अबस्थामा छ ।

कुरोको चुरो फोर्नु भन्दा पहिले यी तपाइले पढेका लाइनबाट केही त् बुझनु भयो होला ! म के ? बिषयमा कलम चलाउदै छु भनेर ।बिक्रम सम्बत २०७४ साल आषाढ ३१ गते मसान्तको दिनमा म्याग्दी जिल्ला अन्तर्गतको रघुगङ्गा गाउँपालिकाको पहिलो बैठक बसेको रहेछ । म्याग्दी अनलाइन डटकममा समचार पढे पछी थाहा पाएँ । हुन् त् केन्द्रको बिषयमा नेपालको सबै भन्दा बिबादित गाउँपालिकाको नाम लिदा मेरै यसै गाउपालिका पर्छ होला ।

यसो भनि रहदा समाधान नै छैन भन्न खोजेको होइन र साघुरो सोच पनि छैन । यो गाउपालिकाका प्रमुख साबिकको भगबती गाबिसमा जन्मिएका व्यक्ति हुन् भने उप प्रमुख पदमा दग्नामकी चेली छिन् । रघुगंगा नदीले चिरा पारेर वारी रहेका झिँ, पाखापानी र कुईनेमंगलेका केही बस्ती र पारीपट्टी रहेका बहुसंख्यक नागरिकको बसोबास रहेका गाउँबस्तीमा सहज रुपमा आवत जावत गर्ने विकासका पूर्वाधारको अभाबले पनि रघुगंगा गाउँपालिकाको केन्द्र विवादीत नै छ । त्यसैले पनि केन्द्र बिबादको समाधान फलामको चिउरा चपाए सरह हुनुलाइ मैले अनौठो मान्दिन ।

हरेक वडा अध्यक्ष हुन् या राजनीतिक दलका उम्मेदवार सबैले आफुले निर्बाचन जितेमा केन्द्रको बिबाद सल्टाउने त्यो पनि आफना जनतालाइ सुलभ पर्ने ठाउमा स्थायित्व गर्ने बाचा गरेर नै जितेका हुन् भन्दा अत्युक्ति हुदैन । त्यसैले फरक क्षेत्रका प्रतिनिधि चुनिदा गाउपालिकाको केन्द्रको बिबाद समधान नहुनु नौलो मान्नु पर्ने केही छैन । तर आश र भरोशा जनताले छाडेका छैनन् आफनो क्षेत्र अनुकुलका लागि । मसान्तको दिनको बैठक पश्चात मलाइ खुसि यस अर्थमा लाग्यो कि एउटा बिषयमा अल्झी रहनु भन्दा बिकासका कामलाई प्राथमिकता दिनु रामो मानेर बजेट सार्बजनिक गरियो । रघुगङ्गा गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाको बिकासार्थ २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गर्यो । बजेटले सडक, शिक्षा, पूर्वाधार विकास र खानेपानीलाई पहिलो प्राथामिकतामा पनि राखेछ । गाउपालिकाले आफनै डोजर पनि किन्ने भएछ ताकि हर ठाउमा सडक बिस्तार गर्न सहज होस् ।

पाँच बर्षभित्र समृद्ध रघुगङ्गा गाउँपालिका निर्माणको अभियान सुरु भएको छ भनेर गाउँपालिका प्रमुख ज्युले बोल्नु भएछ उक्त बोलीलाई सलाम र साथ् छ । तर माथि उल्लेखित शिर्षक भन्दा बाहिर हामीले देखिने गरि आन्तरिक तथा बाह्य पर्यटनलाइ लक्षित गर्दै बजेट मार्फत केही योजना सार्बजनिक गर्नु पथ्र्यो । जस्तो कि काली गण्डकी तथा रघुगङ्गा नदीमा रर्या्फ्टिङको बिस्तृत अध्ययन , उचित स्थानको खोजि गरि बन्जी जम्प लगायतका क्षेत्रको पहिचान गरिनु पथ्र्यो । साना हाइड्रोपावरका कुराहरु पनि विकासे बजेटमा जोडिएर आउनु पथ्र्यो । हुन् त् यी कामहरु कोहि पैसावाला व्यक्तिले लगानी गरोस भनेर छाड्नु भएको हो कि बिकासका पूर्वाधार अन्तर्गतको शिर्षकले समेट्छ त्यो छुट्टाउने जिम्मा हजुरहरुलाई । अब आएनन भन्नुको मतलब पुरै बिकासको जहाजै डुबेको पनि होइन । मैले यहाँ अझै थोरै स्वार्थिपन राखेर जोड्न खोजेको कुरा के हो भने रघुगङ्गा गाउँपालिका वडा नम्बर दुइ भगबतिका अधिकांश ठाउमा मोटर बाटो पुगेको छ यो राखु बासीलाई अबगत नै छ ।

सिबाय नाग्नै, घट्ट,पहारमुनी,देउराली र एक्लिखेत बाहेक यदि जैसिखोरको खोला छेउबाट छुट्टाएर जुन बाटो नाग्नै तर्फ जानु लाइ खनिएको छ त्यो बाटो पहरामुनी र घट्टको बीच सम्म पुग्यो भने पनि २० घर भन्दा माथिका जनता प्रत्यक्ष लाभान्वित हुनेछन तर विडम्बना त्यो हुने सकेको छैन । त्यहाँ मोटर बाटो नपुग्नुको कारण पनि जानकारी दिन चाहन्छु । जहाँ बाट नाग्नै सम्म बाटो पुग्नलाई खन्न सुरुवात गरियो र जहाँ गएर रोकिएको छ त्यो चादीका दाना झैँ लटरम्म धान फल्ने खेतको फाटको बीच भाग हो । खेत सबैको निजि हुन्छ र अति नै प्यारो पनि । किनकी त्यो आफनो पुर्खाको चिनो र रगत पसिनाको माटो हो । उक्त माटोको उब्जनीले नै जिबन धान्नु पर्ने हुन्छ । तर यहि कारण ले नै बिकासलाइ रोकी रहनु कति जायज होला ? यसको समाधान के त ? र कसरि गर्न सकिन्छ भन्ने प्रश्न रघुगङ्गा गाउँपालिका प्रमुख तथा वडा नम्बर २ का वडा अध्यक्ष तथा जनप्रतिनिधिलाई । हामि बिकासका गतिबिधिसंग कहिले सम्म सौताको छोरो भएर बाच्ने ? म भन्दिन कसैको हिरा फल्ने खेतमा डोजर लगाउ तर साबिकको गोरेटोबाटो कति मिटर चौडाईको पास भएको छ र अहिले कति चौडाईमा खुम्चेको छ बाटो ? त्यो मनन गरेर ४ र ५ मिटरको मोटरबाटो खन्नको लागि पहल हुदा बाधक बनेका समाजका बुद्धिजिबीलाइ चिर्न तपाईहरुले सक्नुहुन्छ भन्ने बिश्वास लिएको छु । यो एउटा उदाहरणको रुपमा प्रस्तुत गरेको हुँ । यस्ता समस्या हर गाउमा छन् । कति पए जग्गा धनीले मुवाब्जा मिलेमा बाटो खन्न पनि दिन्छन तर जग्गाको मुल्य यति महङ्गो छ कि गाउलेले चन्दा संकलन गरेर पनि मुवाब्जाको भुक्तानी गर्न सक्ने अबस्था छैन । यो पाटो तर्फ पनि केहि सोच्दिनु हुनेछ भन्ने बिस्वास लिएको छु । धन्यबाद ।
तिलु शर्मा पौडेल
भगवती , नाग्नै
हाल कतार