मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो

  • १ श्रावण २०७४, आईतवार
  • 3338 पटक पढिएको

कुमार अविरल पन्थी, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष रमेस पौडेलले सभापतिको आशन ग्रहण गरेका थिए । तेस्तै मोना आईसिसीका सचिव रेशम शाही प्रमुख अतिथि रहेका थिए । त्यसैगरी समाजका प्रमुख सल्लाहकार किरण शाही, संरक्षक विक्रम कार्की, सल्लाहकार हिमाल सुबेदी,नरेन्द्र फगामी विशेष अतिथी रहेका थिए । साथै कार्यक्रममा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकार द्वय दिल कुमार श्रेष्ठ, दिल रानाभाट, साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल, फोटो ग्राफर राजन लामा लगायत अतिथी रहेका थिए ।    

कार्यक्रममा समाजका उपाध्यक्ष शिव चोखालले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । चिठ्ठा कार्यक्रम समाजको आकस्मिक कोष वृद्धिका लागि सन्चालन गरिएको थियो । सोहि चिठ्ठा कार्यक्रमबाट भएको आम्दानीलाई रोजगारिको शिलशिलामा म्याग्दी जिल्लाबाट कतारमा आई श्रम गरिरहदा विभिन्न समस्यामा परेका नेपालीहरुलाई विशेष प्राथमिकताका साथ सहयोग गरिने चिठ्ठा कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले जानकारी दिए ।

समाजले स्थापना गरेको आकस्मिक कोषबाट विभिन्न समयमा कतारमा समस्यामा परेका म्याग्देली तथा गैर म्याग्देलीहरुलाई सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मोना कतारले आकस्मिक कोष वृद्धिका लागि संचालन गरेको चिट्ठा कार्यक्रम निकै नै महत्वपूर्ण रहेको बताए । प्रवासमा भईपरी आउने समस्याको समाधानका लागि मोना कतारले सन्चालन गरेको कार्यप्रति धन्यवाद दिदै यस्ता समस्या समाधानमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिए ।

समाजले शुक्रबार सार्वजनिक गरेको भाग्यशाली चिठ्ठा कार्यक्रमका विजेताहरु निम्न प्रकार रहेका छन । प्रथम पुरस्कार ल्यापटप एकजनालाई नरेन्द्र फगामी चिट्ठा न. १०१२ द्वितिव पुरस्कार ३२ इन्च एलसीडी टिभी एकजनालाई सरस्वती भण्डारी चिट्ठा न. ०८५२ तृतीया पुरस्कार ट्याबलेट एकजनालाई हेम कुमार तीथाकोटी चिट्ठा न. ०२२५ चौथो पुरस्कार मोबाइल फोन चार जनालाई रश्मी केसी – चिट्ठा न. ८१३ लक्ष्मण सुवेदी चिट्ठा न.११०३ थम बहादुर बस्नेत चिट्ठा न.००६ हिमाल सुवेदी चिट्ठा न. ०५११ पाचौ/सान्त्वना पुरस्कार घडी पाच जनालाई भीमबहादुर घर्ति चिट्ठा न.०४१० मिनु छेत्री चिट्ठा न. १०८० भुपाल पाण्डे चिट्ठा न. ००२७ दिपु तामाङ चिट्ठा न. ७१० राजन बि क चिट्ठा न. ४४७ भाग्यशाली चिठ्ठा कार्यक्रमका प्रथम पुरस्कार विजेता नरेन्द्र फगामीले आफुले जितेको पुरस्कारबाट नगद क.री. ५०० समाजको आकस्मिक कोषलाई प्रदान गरेका छन् । चिट्ठा कार्यक्रमबाट समाजको जम्मा आम्दानी ७५५० र खर्च ४४७९ भएको छ l बाँकि बचत ३०७१ आकस्मिक भलाई कोषमा जम्मा हुनेछ l

समाजका वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष तथा कार्यक्रमका सभापति पौडेलले मोना कतारले सन्चालन गरेको आकस्मिक कोष सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रमा चिट्ठा काटेर परे उपहार नपरे सहयोग भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोग गर्नुहुने सामाजिक सस्था, व्यवसायी, समाजसेवी, पत्रकार, मिडियाकर्मी, कलाकार सम्पूर्णलाई विशेष आभार प्रकट गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।