मोना यूएईको अध्यक्षमा कार्की

  • ३१ असार २०७४, शनिबार
  • धिरन खत्री
  • 4321 पटक पढिएको

म्याग्दी, ३१ असार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति यूएईको अध्यक्षमा प्रकाश कार्की निर्वाचित भएका छन् ।


प्रथम बार्षिकउत्सव तथा साधारणसभाबाट कार्यकारी समिति यूएईको बरिष्ठ उपाध्यक्षमा रुद्र रोकामगर, प्रथम उपाध्यक्षमा टेक फगामीमगर, दिप्तृय उपाध्यक्षमा रन्जित बाँनिया, महासचिवमा विक्रम अधिकारी सचिवमा सुवास राम्जाली, सह–सचिवमा मिनबहादुर भण्डारी, कोषाध्यक्षमा भिमकुमार रानामगर र सह–कोषाध्यक्षमा बेकप्रसाद पुन चयन हुनुभएको छ। भने समितिको सदस्यमा रामु रकाल, भुमिराज कटुवाल, अर्जुन कटुवाल, रामचन्द्र शर्मा, यामकुमारी रोका, रिङमाया पुन, रुपा बोहोरा र बुद्धिमाया गौचन निर्विरोध चयन भएका छन् ।


मोना यूएईको अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षता सचिव सुवास राम्जालीको स्वागत मन्तवय आर्थिक प्रतिवदेन सदस्य भिमकुमार राना र प्रगती प्रतिवेदन तथा संचालन सँस्थाका महासचिव विक्रम अधिकारीले गर्नुभएको कार्यक्रममा संरक्षक एवम सल्लाकार सुशिल केसी लगायतको मन्तव्यमा सम्पन्न भएको थियो ।


उक्त साधारणसभामा मोना दुवैले आयोजना गरेको भलिबलमा विजय टिमलाई पुरुष्कार वितरण तथा म्याग्दीको कलासस्कृतिलाई जगाउने विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत भएको साधारणसभामा दुवैमा रहेका म्याग्देलीहरुको उपस्थित रहेकोे थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l