रिमा गाउँको चिनारी बजारमा (अडियो सहित)

  • २६ असार २०७४, सोमबार
  • 5521 पटक पढिएको

म्याग्दी, २६ असार । म्याग्दी जिल्ला को अन्नपूर्ण गाउपालिका वडा नम्बर ७ हिस्तानको रिमा गाउँ लाई समेटेको गित बजारमा आएको छ

हिस्तान रिमाका हाल रोजगारी को सिलसिलामा दक्षिण कोरियामा रहनु भएका कुमार पुन र गम्बिर पुनको शब्दमा तयार गरिएको ‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने हाम्रो रिमा गाउँ’ बोलको गितमा मेचु धिमालले स्वर दिनुभएको छ ।

देबेन्द्र पुनको संगीत रहेको सो गितको एरेन्ज एलबी पुनको रहेको छ । सम्पुर्ण हिस्तान रिमाका जनताहरुमा विशेष समर्पण गरिएको गितको म्युजिक भिडियो छिटटै बजारमा ल्याउने लेखक कुमार पुनले बताउनु भयो ।