कबिता

  • २५ असार २०७४, आईतवार
  • 2993 पटक पढिएको

               कलिको पैसा
पैसा !
रात पैसा, दिन पैसा,
सवै चिजमा पैसैपैसा ।
मायाँ मा पैसा, प्रेममा पैसा,
ममता किन्न सक्ने पैसा, भावना छिन्न सक्ने पैसा ।
हो, पैसा !!
पैसा नै सवथोक भयो आज ।
वावुले सन्तान विस्र्याे पैसाकै लागी ।।
आमाले ममता विर्सिइ पैसाकै लागी ।
सन्तानले पैसा देखे आमा–वावु माथी ।।
श्रीमान अर्कैको श्रीमति संग,
श्रीमती अर्कैको श्रीमान संग ।
केका लागी ? पैसाकै लागी ।।
हो वैगुनी पैसा !!!
पैसाको अगाडी भवानाको के काम ?
पैसाकै अगाडी नैतीकता भयो वेकाम ।
नराम्रो लाई राम्रो देखाउने पैसा,
अनर्थलाई अथ्याउने साधन होकी पैसा ।
आखिर केहो पैसा ? के रैछ पैसा ?? के रैछ पैसा ???
– हतास आत्रेय
२०७४/०३/१२, वेनिवजार