टीका गुरुङले गरिन एनआरएनए हङकङको अध्यक्षमा उम्मेदवारी घोषणा

  • २५ असार २०७४, आईतवार
  • 2522 पटक पढिएको

सुन्दर पहिरनमा सजिएर बुधबार बगैँचा रेष्टुरेन्टको मञ्चमा उभिएकी टीका गुरुङले एनआरएनए हङकङको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। २३ जुलाईमा हुने एनआरएनए हङकङको अधिवेशनले अध्यक्ष सहित नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। टीका गुरुङ यसअघि पनि अध्यक्षको प्रत्यासी थिइन, तर चुनाव अन्तत ललित लिम्बुले जितेका थिए। एनआरएनए हङकङको छैठौँ अध्यक्षका लागि अहिलेका अध्यक्ष ललित लिम्बुले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।चुनाव हुन १५ दिन बाँकी रहँदा लिम्बु र गुरुङ गरी दुई जना प्रत्यासी मैदानमा देखिएका छन्।नेपाली शैलीको सारीमा सजिएकी टीकाले मञ्चमा उम्मेदवारी घोषणा गर्दै लिखित भाषण पढिन्, जसले उनी केही तयारी सहित आएको छनक दिन्थ्यो। उनले आफु स्थापना कालदेखि नै एनआरएनए हङकङमा सक्रिय रहेको भन्दै सहभागीलाई तान्ने प्रयास गरिन।उनले हङकङका प्रमुख संस्थाका प्रमुखहरुको जमघट रहेको घोषणासभामा मत मात्र मागिनन् आफुलाई निर्विरोध जिताउने वातावरण मिलाईदिन समेत अनुरोध गरिन्।

‘हामी नेपाली विश्वभर जहाँ रहेपनि एकजुट हौं, हामी फुट्ने हैन जुट्ने हो। यसमा मेरो सतत प्रयास रहनेछ,’ १६० जना भन्दा बढी सामाजिक नेतृत्व र संचारकर्मीहरुबीच भएको घोषणासभालाई सम्बोधन गर्दे उनले भनिन्, ‘मेरो भूमिकाको मुल्याङकन गर्दै हङकङ सरकारले समेत मलाई सम्मान प्रदान गरेकोछ। नेतृत्व प्राप्त भएपछि मैले यो सम्मानलाई थप उचाईमा पुर्याउनेछु ।’ हङकङको स्वतन्त्रता दिवसको अवसर पारि टीकालाई हङकङ सरकारले सामाजिक सेवामा योगदान दिएबापत घोषणा गरेको सम्मानलाई उनले बिशेष रुपमा उल्लेख गरेकी थिईन।
टीकाले उमेदवारी घोषणा गरेलगत्तै गुरुङहरुको जातीय संस्था तमु ट्यो ह्युल, स्याङ्जा जन सेवा समिति, लमजुङ सेवा समिति, नमोबुद्ध आमा समूह, हिन्दु समाज हङकङ, नेवार समाज हङकङ, मगर संघ हङकङ, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङ, बेलायती भूतपूर्व सैनिक संघ, मर्दीखोला सेवा समाज जस्ता सामाजिक संस्थाका प्रमुख तथा प्रतिनीधिहरुले खादा लगाई उनको समर्थन गरेका थिए। कार्यक्रममा टीकालाई समर्थन गर्न महिलाहरुको उल्लेख्य संख्या उपस्थित रहेको थियो।
२९ सय भन्दा बढी सदस्य संख्या रहेको एनआरएन हङकङमा महिलाले अध्यक्षमा उम्मेदवारी दिएको यो दोस्रो पटक हो । यसअघि २०१५ मा भएको पाँचौ अधिवेशनमा टीकाले नै बर्तमान अध्यक्ष ललित लिम्बुको प्रतिस्पर्धीको रुपमा अध्यक्ष पदमा लडेकि थिईन।  हङकङ नेपाली महिला संघकी अध्यक्ष तथा २० बर्ष अघि स्थापित ब्यावसायिक घराना गोर्खा ग्रुपकी उपाध्यक्ष टीका आधा दर्जन सामाजिक संस्थामा संलग्न छिन्। यसअघि नेपालखबरसँगको अन्तर्वार्तामा बर्तमान अध्यक्ष ललित लिम्बुले पनि अध्यक्ष पदको आकाँक्षी रहेको जनाएका थिए । आउने छठौं अधिवेशनमा १७ सदसीय पदका लागि पाकिस्तानी क्लब हलमा चुनाव हुन गैरहेकोछ।
निर्वाचनका लागि एनआरएन हङकङले नयाँ सददस्य बनाउने र पुराना सदस्य अद्यावधिक गर्ने कार्य गरिरहेको छ। प्रवक्ता किसन राईका अनुसार, नयाँ सदस्य ९ जुलाईसम्म प्रदान गरिनेछ भने पुरानालाई अद्यावधिक गर्न २३ जुलाई सम्मको समय दिईएको छ। Source:nepalkhabar.com