म्याग्दीका दुई खेलाडि तेक्वान्दो राष्ट्रिय खेलमा छनौट

  • २३ असार २०७४, शुक्रबार
  • 2947 पटक पढिएको

हालै पोखरामा सम्पन्न भएको ९ औं क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट म्याग्दीका दुईजना खेलाडि तेक्वान्दो राष्ट्रिय खेलका लागि छनौट भएका छन् । तेक्वान्दोका टिपेन पुन र इच्छा राईले पोखरामा रजत पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको खेल प्रशिक्षक राजकुमार परियारले जानकारी दिए । ५२ केजीमा टिपेन पुन र ४६ केजीमा इच्छा राईले प्रतिस्पर्धा गरेर छनौट भएका हुन् ।।

उनका अनुसार दुवैले उत्कृष्ट खेल प्रर्दशन गरेपनि केही प्राविधिक कमजोरी भएपनि राष्ट्रिय खेलमा अपेक्षा गरे अनुसारकै नजिता आउनेछ । जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक एवम् टेक्वान्डो प्रमुख कर्ण प्रधानको नेतृत्वमा गएका खेलाडीले आन्तरिक प्रशिक्षण तथा विगतका अनुभवका आधारमा खेलमा सहभागि भएका थिए ।

म्याग्दीमा तेक्वान्डो तर्फ क्षेत्रीय, राष्ट्रियका साथै अन्र्तराष्टिय खेलमा समेत स्वर्ण पदक सहितका आर्कषक पुरस्कार जित्ने गरेका छन् ।