स्ववियू चुनाबलाई लक्षित गरि अनेरास्ववियूद्धारा प्रचार अभियान सुरु

  • २६ माघ २०७३, बुधबार
  • 2069 पटक पढिएको

xxx

म्याग्दी, २६ माघ । आगामी फागुन १४ गते हुने स्ववियु चुनावलाई लक्षित गरि अनेरास्ववियू म्याग्दीले प्रचार अभियान थालेको छ । चुनाबमा आफ्नो संगठनलाई जिताउन विभिन्न अभियान सहित प्रचार अभियानलाई तिब्रता दिइएको अनेरास्ववियू म्याग्दीले जनाएको छ । अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसले मंगलवार संगठन दर्ता संगै सदस्यता बितरणको काम लाई पनि तिब्रता दिएको अनेरास्ववियू म्याग्दीका उपाध्यक्ष इश्वर सुवेदीले जानकारी दिनुभयो ।

उहाँले कार्यकर्ता भेटघाट , कमिटी निर्माण तथा आफ्ना एजेन्डाहरुलाई विद्यार्थी माझ पु¥याउन प्रचार अभियान थालिएको बताउनुभयो ।स्ववियू निर्वाचनलाई केन्द्रित गरेर अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीले अगुवा कार्यकर्ताहरुको भेला मार्फत जिल्ला अध्यक्ष सुवास विश्वकर्माको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै आर्थिक संयोजकमा दर्पण रोका मगर, अखिल फोर्स संयोजकमा गणेश हमाल, सचिवालय संयोजकमा सावित्री खत्रीलाई चयन गरिएको छ ।