निर्वाचन क्षेत्र र साँसद विकास कोषका योजनाहरुको अनुगमन (फोटो फिचर)

  • १८ असार २०७४, आईतवार
  • 3471 पटक पढिएको

म्याग्दी, १८ असार । चालु आर्थिक बर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र साँसद विकास कोष मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरिएको छ ।

जिल्ला समन्वय समिति मार्फत कार्यान्वयनमा ल्याईएका ति योजनाहरुको म्याग्दीका साँसद तथा सरोकारवालाहरुको टोलिद्धारा अनुगमन गर्न थालिएको हो ।

आईतवार म्याग्दीका साँसद रेशम बहादुर बानियाँको नेतृत्वमा विम, ओखरबोटको फुलवारी, निस्कोट लगायतका क्षेत्रमा सञ्चालन भएका योजनाहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा निर्वाचन क्षेत्र पूर्वाधार विकास तथा साँसद विकास कोष मार्फत सञ्चालन भएका योजनाहरु अधिकाँश सम्पन्न भईसकेको र केही योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको पाईएको छ ।

सो क्रममा किसानी माविमा निर्माणधिन छात्राबास भवन, फुलवारी गाउँबस्ती संरक्षण योजना, शिद्ध आधारभुत विद्यालय भवन निर्माण, सडक स्तरोन्नती लगायतका योजनाहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा योजनाहरुको कार्यान्वयन प्रभाबकारी देखिएको साँसद रेशम बहादुर बानियाँले बताउनुभयो ।

सो अनुगमन टोलिमा सहभागि काँग्रेस म्याग्दीका सचिब क्याप्टेन मिनबहादुर कार्की, मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, जिल्ला प्राविधिक कार्यालयका सब ईन्जिनियर कृष्ण राय लगायतको टोलीले उपभोक्ता समितिहरुसंग योजना सञ्चालन गर्दा आएका चुनौती तथा योजनाहरुमा देखिएका कमिकमजोरीहरुबारे सुझाब दिनुभएको थियो ।

यसैबिच योजनाहरुको अनुगमनको क्रममा सोमबार नै जिल्लाको उत्तरी भेगमा सञ्चालन भएका योजनाहरुको साँसद नवराज शर्मा, रेशम बहादुर बानियाँ सहितको टोलिले अनुगमन गर्ने जनाईएको छ ।

म्याग्दीमा यो बर्ष साँसदत्रय नवराज शर्मा, रेशम बहादुर बानियाँ र नरदेवी पुनको समन्वयमा जिल्ला समन्वय समिति मार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ३ करोड बजेटबाट १० वटा योजना र साढे १ करोड बजेटबाट ६० वटा विकास निर्माण योजना सञ्चालन गरिएको थियो ।