अपाङ्गलाई बाख्रापालनका लागि अनुदान वितरण

  • १८ असार २०७४, आईतवार
  • सन्तोष गौतम
  • 2203 पटक पढिएको

बेनी १८ असार । बेनी नगरपालीका, मंगला र रघुगंगा गाउँपालीकाका अपाङ्गहरुलाई आईतबार बाख्रापालनका लागि अनुदान वितरण गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयको सहयोगमा अपाङ्ग संघ म्याग्दीले बिस जना अपाङ्ग र अपाङ्गता भएकाको परिवारलाई बिस हजार रुपैयाका दरले अनुदान उपलब्ध गराएको हो । अपाङ्गता भएका व्यक्तिहरुका लागि पशुपालन मार्फत आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले अनुदान सहयोग गरिएको अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले बताउनुभयो । संघका अध्यक्ष गोपाल केसीले बेनीमा आयोजीत कार्यक्रममा अनुदान रकम वितरण गर्नुभएको थियो । अनुदान पाएकाले दुईदुई वटाका दरले बाख्रा खरिद गर्नुपर्नेछ । पशु सेवा कार्यालयले बाख्राको औषधी उपचार तथा घाँसका लागि थप ३० हजार रुपैया र समूहको कोषमा ३० हजार रुपैया अनुदान उपलब्ध गराउने जनाएको छ ।

अनुदान पाउनेमा रघुगंगा गाउँपालीका ३ पिप्लेका कृष्ण सुवेदी, नारायण सुवेदी, बेनपा १ का उत्तमप्रसाद श्रेष्ठ, ५ की माया खत्री, ६ का जयलाल खत्री, ९ का गोपाल खत्री, ३ की कमारी रोका, २ का आईतबहादुर नेपाली, ६ का हिरा खत्री, ९ का हरी चोखल, टिकाबहादुर खत्री र मोहन भण्डारी रहेका छन् ।यसैगरी मंगला गाउँपालीका १ का नेत्रबहादुर खत्री, २ की असरी गौतम, खिमकुमारी खत्री, षडानन्द सुवेदी, भिमबहादुर कार्की, दलकुमारी सुवेदी, सर्वजित खत्री र क्यानसिङ केसी रहनुभएको छ । अनुदान पाएका २० जनाले बेनपा १ की टककुमारी थापालाई समेत पाँच पाँच सय रुपैयाका दरले बाख्रापालनका लागि सहयोग गरेका छन् ।

 

सन्तोष गौतम