मासूको मूल्यमा एकरुपता कायम गर्न र मूल्यसूची राख्न दिर्नेशन

  • २६ माघ २०७३, बुधबार
  • सन्तोष गौतम
  • 1913 पटक पढिएको

ft
This is test

म्याग्दी, २६ माघ । बजार अनुगमन टोलीले बेनीका मासु व्यवसायीहरुलाई मूल्यसूची राख्न र मूल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले सबै पसलमा मूल्य सूची नभएको, अद्यावधिक नगरेको र फरक फरक मूल्यमा मासू बिक्री गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो ।

यसैगरी टोलीले बिक्रीका लागि राखेको सडेको माछा बरामद गरी व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाएको पशु चिकित्सक जिवनप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार दर्ता नभएका मासु पसललाई दर्ता प्रक्रियामा आउन समेत निर्देशन दिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनको नेतृत्वमा बुधबार बेनीका २३ वटा मासु पसलको अनुगमन गरिएको थियो ।

टोलीमा सहयाक प्रजिअ यादवनाथ आचार्य, प्रहरी निरिक्षक दिवाकर घिमीरे, पशु चिकित्सक आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, जिल्ला प्रशासनका नायव सुब्बा नविन सुवेदी, वडा सचिव कृष्ण शाक्य र पशु सेवा प्राबिधिक प्रदिप गौतमको सहभागीता रहेको थियो ।

सन्तोष गौतम