मगरसंघ म्याग्दीद्धारा मगर जनप्रतिनिधिलाई सम्मान

  • १७ असार २०७४, शनिबार
  • 2781 पटक पढिएको

म्याग्दी, १७ असार । नेपाल मगर संघ म्याग्दीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दी जिल्लामा बिजयी मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा सम्मान कार्यक्रम आयोजना गरि संघले म्याग्दीका गाउँपालिका प्रमुख, उपप्रमुख, र सदस्य गरि मगर समुदायबाट निर्वाचित ११० जना मगर जनप्रतिनिधि लाई स्वागत भेटघाट तथा सम्मान गरेको हो ।

कार्यक्रममा जनप्रतिनिधिहरुलाई अबिर, खादा र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व साँसद बलमान पुनले स्थानीय तह निर्वाचनमा मगर समुदायबाट उल्लेख्य रुपमा भएको प्रतिनिधित्वले मगर समुदायमा खुसीयाली छाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिबासि जनजाति महासंघ म्याग्दिका अध्यक्ष मुक्ति रोका, संघका सल्लाहकार नरबहादुर थापा, जिल्ला शिक्षा कार्यालय म्याग्दीका बिद्यालय निरिक्षक दल बहादुर थापा , सम्मानित ब्यक्तित्वको तर्फबाट मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोका ,धौलागिरि गाउँपालिका पमुख थमसरा पुन र अन्नपुर्ण गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर गर्बुजा लगायतले मन्तव्य राख्नुभएको थियो ।

संघका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता, उपाध्यक्ष डकमाया पाईजाको स्वागत र सचिब लोकेस पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।