रुकुममा माओवादीको ‘क्लिनस्वीप’, कांग्रेस-एमाले मिल्दा पनि सकेनन्

  • १७ असार २०७४, शनिबार
  • 2693 पटक पढिएको

१६ असार, रुकुम । दोस्रो चरणमा चुनाव भएको रूकुमका तीनवटै गाउँपालिका जितेर माओवादी केन्द्रले जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलो चरणमा चुनाव भएका रुकुमका ६ वटै स्थानीय तहमा पनि माओवादी विजयी भएको थियो । रुकुम माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो । माओवादीले सबै स्थानीय तह जितेको रुकुम एकमात्र जिल्ला हो । माओवादीको जनयुद्धकालीन ‘लालकिल्ला’ भनिने सुदूरपूर्वी क्षेत्रका सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकामा यही असार १४ गते दोस्रो चरणमा चुनाव भएको थियो ।

सिस्ने गाउँपालिकामा कांग्रेस-एमालेको गठबन्धन भत्काउँदै माओवादीकी कुमारी बराल अध्यक्षमा निर्वाचित भएकी छन् । उनले ३ हजार २९३ मत पाएकी छन् । उपाध्यक्षमा माओवादीकै गोबर्द्धन बुढा ३ हजार ३२६ मतसहित विजयी भएका छन् ।

सिस्ने गाउँपालिकाको वडानम्बर ४ र ७ बाहेक सबै वडामा कांग्रेस-एमालेको गठबन्धन थियो । एमाले उम्मेदवार नन्दलाल शर्माको घर भएको वडानम्बर ६ मा पनि माओवादी उम्मेदवार १ मत अन्तरले विजयी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमप्रसाद घर्ती