जिल्ला सभाको पहिलो बैठकलेः समन्वय समितिमा रहने सदस्य संख्याको टुङ्गो लगायो

  • १६ असार २०७४, शुक्रबार
  • 3428 पटक पढिएको

म्याग्दी,१६ असार । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तहको निर्वाचनपछि जिल्ला सभाको पहिलो बैठक बसेको छ । निर्वाचन आयोगको निर्देशनमा स्थानीय विकास अधिकारी प्रेमराज गिरिकोे आह्वानमा पहिलो बैठक बसेको हो ।


पहिलो बैठकले जिल्ला समन्वय समितिको रहने सदस्यको टुङ्गो लगाएको छ । संविधानअनुसार अध्यक्ष उपाध्यक्ष सहित बढीमा नौ सदस्यीय जिल्ला सदस्यीय जिल्ला समन्वय समिति गठन गर्नै कानुनी ब्यवस्था अनुसार निर्णय भएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । चाुल आर्थिक बर्षमा निर्वाचनको कारण जिल्ला समन्वय समिति मार्फत भएका योजनाहरु समयमै सम्पन्न हुन नसकेको र अर्को आर्थिक बर्षमा आयोजना पुरा गर्न र अघि बढाउन जिसस मार्फत बजेट ब्यवस्था मिलाईदिन् संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत सरकारलाई अपिल गर्ने निर्णय भएको छ ।

जिल्ला सभामा नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिल्ला सभाको सदस्य रहने छन् । उक्त बैठकमा नगरपालिका सहित पाचँओटै गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उपस्थित भएको थियो ।पहिलो बैठकले संख्या निर्धारण गरेपछि अव जिल्ला समन्वय समितिको गठन प्रक्रिया अघि बढ्ने भएको छ ।