म्याग्दी बहुमुखी क्याम्पसमा ‘एक विद्यार्थी एक फुल’ रोप्ने अभियान सुरु

  • १५ असार २०७४, बिहीबार
  • 3657 पटक पढिएको

म्याग्दी, १५ असार । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा बगैचा निर्माण गर्न थालिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस परिसरमा बगैचा निर्माणको लागि ‘एक विद्यार्थी एक फुल ’ रोप्ने अभियानको सुरुवात गरेको हो ।

क्याम्पस परिसरमा विभिन्न किसिमका फुलहरु रोपण गरि क्याम्पस परिसरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यले बगैचा निर्माण गरिएको स्ववियु सभापति सावित्री खत्रीले बताउनुभयो ।

स्ववियूले विहिवार आयोजना गरेको कार्यक्रममा स्ववियूका पदाधिकारी तथा सदस्य, विद्यार्थी, क्याम्पसका प्रध्यापक लगायतको सहभागितामा बगैचामा विभिन्न जातका फुलका विरुवा रोपण गरिएको छ ।

क्याम्पसमा बगैचा निर्माण गर्ने अभियानको उद्घाटन कार्यक्रममा क्याम्पसका प्रमुख टिकाराम सापकोटा,साहयक क्याम्पस प्रमुख रेखा कौशल रेग्मी लगायत अन्य प्रध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।