देविस्थानको जुग्जामा तारादेवी घर्तिले गरिन बेल्चा प्रहार गरि आफ्नै श्रीमानको हत्या

  • १५ असार २०७४, बिहीबार
  • 4411 पटक पढिएको

म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी बिवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा प्रहार गर्दा उनका श्रीमान ७४ बर्षका खड्कबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार साँझ आफ्नै घरमा घरायसी झगता हुँदा ६२ बर्षकी तारादेवीले श्रीमानलाई बेल्चा (साबेल)ले प्रहार गरेकी थिईन् । उनले दुई पटक भन्दा बढी पटक श्रीमानको टाउकोमा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

श्रीमानको हत्या आरोपमा तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरी निरिक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । श्रीमतीबाट हत्या गरिएका खड्कबहादुरको शबलाई परिक्षणको लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ ।