जिल्ला युवा समिति कार्यालयद्धारा पत्रकारसंग अन्तक्रिया

  • १४ असार २०७४, बुधबार
  • धिरन खत्री
  • 1803 पटक पढिएको

म्याग्दी,१४असार । जिल्ला युवा समिति कार्यालयद्धारा बार्षिक गतिविधि तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयद्धारा आर्थिक बर्ष ७३÷७४मा भएका गतिविधि बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।


जिल्ला युवा समिति कार्यालयले आर्थिक बर्षमा भएको युवा लक्षित बार्षिक कार्यक्रम तथा आर्थिक बजेट सार्वजनिक गरेको थिए । कार्यक्रममा युवा समिति कार्यालयका अध्यक्ष देविप्रसाद शर्माले युवा लक्षित कार्यक्रम अन्तर्गत १२ लाख १२ हजार २ सय रुपैया बजेट विनियोजन भएको थियो । विनियोजन रकमबाट जिल्लामा युवा लक्षित रुपमा सिप तथा प्रतिभा विकास कार्यक्रम तथा कार्यालय ब्यवस्थापन खर्च भएको जानकारी गराउनुभयो । कार्यालयबाट युवा लक्षित कार्यक्रम अन्र्तगत ३ महिने सिलाई बुनाई तथा सिप विकास तालिम आयोजना गरेको छ । गत बैशाख १ गेतबाट सुरु भएको तालिम असार मसान्तसम्म संचालन हुने छ । तालिममा १० महिलाको सहभागि भएको जानकारी गराउनुभयो ।

कार्यक्रम युवा समितिका अध्यक्ष देवीप्रसाद शर्मा, अध्यक्षता कम्प्युटर अपरेटर अमृत बास्कुने संचालनमा भएको कार्यक्रममा नेपाल पत्रकार संघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायत पत्रकारको उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l