जनता माविमा बालक्लब गठन

  • १४ असार २०७४, बुधबार
  • 2097 पटक पढिएको

म्याग्दी, १४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको जनता माध्यमिक विद्यालयमा बाल क्लब गठन गरिएको छ । विद्यालयमा बुधवार आयोजित एक भेलाले मनोज तिलिजाको अध्यक्षतामा बाल क्लबको गठन गरेको हो ।

समितिको उपाध्यउक्षमा सिता गर्वुजा, सचिबमा पपुुना पुन, सह–सचिबमा कल्पना शेरपुञ्जा, कोषाध्यक्षमा इशा गर्वुजा र सह–कोषाध्यक्षमा तिरिना पाईजा लगायत रहनुभएको छ ।

नवगठित बालक्लबले विद्यालयमा हुने अतिरिक्त क्रियाकलमामा सबै विद्यार्थीहरुलाई सक्रिय सहभागिता गराउन प्रोत्साह गर्ने, विद्यालय हाताभित्र सरसफाई तथा वृक्षारोपण गर्ने, गाउँमा शिक्षा सम्बन्धि जनचेतना फैलाउने जस्ता रचनात्मक कार्य गर्ने जनाएको छ ।

क्बलको शिक्षक नायकमा मनोज कुमार महतो र संरक्षकमा प्रधानध्यापक गुन बहादुर पुन रहनुभएको छ ।