गुल्मीमा दुई पत्रकार वडाध्यक्षमा भिड्दै

  • ११ असार २०७४, आईतवार
  • 1841 पटक पढिएको

असार ११ ।गुल्मी जिल्लामा दुई जना पत्रकार स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१, साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६  साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी  प्रतिष्पर्धामा उत्रिएका हुन् ।

खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव र विभिन्न सञ्चार माध्यमा अवद्ध छन् भने मरासिनी सुराकपत्र साप्ताहिकका सम्पादक हुन् । दुवै पत्रकार युवा उमेरका हुन् । दुवैले जित्ने दावी गरेका छन् ।