जिन्दगीको साथी बजारमा (भिडियो सहित)

  • ११ असार २०७४, आईतवार
  • 1985 पटक पढिएको

सन्दीप खत्री, म्याग्दी
मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोकाले अभिनय गरेको “जिन्दगीको साथी” बोलको लोकदोहोरी बजारमा आएको छ ।
उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन् । यातायात व्यवसायमा आबद्ध रोकाले आफूले पहिलदेखि नै अभिनयको क्षेत्रमा प्रवेश गर्न चाहेपनि समयका कारण नसकेको बताए । उनले आफ्नो पहिलो काम भएपनि राम्रो भएकोले सबैलाई उक्त म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् ।

माया प्रेम सम्बन्धित उक्त लोकदोहोरी म्युजिक भिडियोमा रोकाले मुस्ताङकै हीरा गुरुङसँग रोमान्स गरेका छन् । म्युजिक भिडियोमा रोका र गुरुङको जोडि निकै जमेको ो छ । युट्युवमा अपलोड भएको छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ । रोकाले सबैले आफ्नो कामको प्रसंसा गरेको र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको बताए ।

मिथुनले खत्रीले निर्देशन गरेको म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन। त्यसैगरि गीतका शब्दहरु भने मधुसुदन बन्जाडेले लेखेका हुन् । जोमसोम–काठमाण्डौ रुटमा यातायात सञ्चालन गर्दै आएको रोकाले २ म्युजिक भिडियो अभिनयका लागि लाईनमा रहेको बताए । उनले आगामी दिनमा पनि अवसर पाएमा आफ्नो अभिनयलाई निखार्दै अझै अगाडि बढ्ने योजना सुनाए ।

भिडियो ।