भानु कपको उपाधी वेष्ट पोईन्टलाई

  • १० असार २०७४, शनिबार
  • 2493 पटक पढिएको

म्याग्दी, १० असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयले ट्रफी र मेडल सहित नगद पन्ध्र र दश हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

न्यु वेष्ट पोईन्टका तेजिन घर्तीमगरले उत्कृष्ट खेलाडीको उपाधी पाएका छन् । सुदीप रावल स्मृती कोषले प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरेको प्रअ भरत खत्रीले बताउनुभयो । प्रतियोगिता दुई दिन चलेको थियो ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक दलबहादुर थापा, वडा अध्यक्ष टेकबहादुर रावल, सुदिप रावल स्मृती कोषका संस्थापक सन्तोष रावल र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।

विद्यालयको वार्षिक उत्सवको अवसरमा बालबालीकाको प्रतिभा पहिचानका साथै बाडेचौर खेलमैदानको सम्भावना उजागर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।