गर्बुजाको “विहानी पख” लोकार्पण (भिडियो सहित)

  • ९ असार २०७४, शुक्रबार
  • 5539 पटक पढिएको

सन्दीप खत्रीम्याग्दी ।

लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो एल्वम सालैजो गीत “विहानी पख” लोकार्पण गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको आज एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ ।

 

गीत लोकार्पण गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले म्याग्दी जिल्ला लोकगीत संगीतको लागि उर्वर भूमि भएको बताए । उनले गर्वुजाको सालैजो गीतमा मौलिकपना झल्किएकोले सबैको मन जित्ने भन्दै आगामी दिनहरुमा पनि साँगीतिक यात्रालाई निरन्तरता दिन आग्रह गरे ।  लोकार्पण कार्यक्रमको अवसरमा म्याग्दीका चर्चित कलाकारहरु अमित विश्वकर्मा, पदम विश्वकर्मा, विमला श्रेष्ठ, प्रजु विश्वकर्मा, रवि कार्की, किरण पुन, विकास फगामी, सौगात घर्ति, लगायतका कलाकारहरुले विविध साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरि गायिका नन्द गर्वुजा र गायक धुव्र जिसीले समेत साँगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाल मगर संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पत्रकार सन्दिप खत्रीले शुभकामना मन्त्वय र लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरि का सदस्य अमित विश्वकर्माले समिक्षा गरेका थिए । नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष डमाया पाईजाको अध्यक्ष, सदस्य कृष्ण थापाको स्वागत र सचिव लोकेश पुनको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो । साथै सोही कार्यक्रमको अवसरमा गायिका गर्वुजालाई आफन्तजन, मगर संघले सम्मान समेत गरेका थिए ।  बब्बु थापाको निर्देशन रहेको म्युजिक भिडियोमा  बब्बु थापा, परमेश्वर कार्की, हसिना थजाली र रोजिना गर्बुजाको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन भने दुर्गा शर्माले खिचेका हुन् ।

भिडियोः