डडुवामा लिफ्टीङ मार्फत खानेपानी पु¥याईदै, किस्ता निकासा नहुँदा योजना प्रभावित

  • ९ असार २०७४, शुक्रबार
  • कमल खत्री
  • 3947 पटक पढिएको

म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीलाई लिफ्टीङ मार्फत खानेपानी सुविधा पु¥याउन तयारी गरिएको छ । जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाद्धारा डडुवामा गाउँदेखि तल रहेको पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर गाउँमा खानेपानी वितरण गर्ने आयोजना सञ्चालन भएको हो।
आर्थिक बर्ष २०७२÷०७३ देखि पूर्वाधार निर्माण सुरु भएको खानेपानी आयोजनाको अहिलेसम्म करिब ८० प्रतिशत काम सम्पन्न भईसकेको परियोजनाले जनाएको छ ।

सो आयोजना सम्पन्न गर्न कुल १ करोड ३३ लाख ९० हजार खर्च हुनेछ । आगामी असोज भित्र निर्माण सम्पन्न हुने यस आयोजनाबाट डडुवाका ९३ घरधुरीका ५५३ जना लाभान्वित हुनेछन् । डडुवादेखि तल रहेको पहिरोपानीमा रहेको मुलमा संकलन ट्याङ्की निर्माण गरि त्यहाँबाट ३५० मिटर माथि सोलार जडान गरिएको लिफटिङ प्रविधिबाट पानी तानेर वितरण ट्याङ्की मार्फत घरघरमा निजी धारा निर्माण गरि खानेपानी वितरण गरिने तयारी गरिएको छ ।

यसै आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विविध कारणले निर्माण कार्यको समय लम्बिएको उपभोक्ता समितिका अध्यक्ष मोहन भण्डारीले बताए । ‘‘ अहिले गाउँमा खानेपानीको निकै हाहाकार छ, ३० बर्ष अगाडी कुहुँको काजबाङबाट ल्याईएको पानीले गाउँको माग थेग्न सकेको छैन, यो आयोजना निर्माण भएपछि डडुवामा खानेपानीको समस्या पूर्ण रुपमा हल हुन्छ,’’–अध्यक्ष भण्डारीले भने ।

खानेपानीको मुहान धेरै तल रहेकाले दुई ठाउँमा सोलार प्यानल जडान गरि डबल स्टेज लिफटीङ प्रविधि मार्फत यो खानेपानी आयोजना सम्पन्न गर्न लागिएको छ । यस आयोजनामा ४१ लाख ५० हजारको दरले नेपाल सरकार र फिनल्याण्ड सरकारको बराबर लगानी रहेको छ । त्यस्तै जिल्ला समन्वय समितिको ५ लाख ३६ हजार, नगरपालिका कार्यालयको ८ लाख ४ हजार र उपभोक्ताको नगद र श्रमदान गरि कुल ३७ लाख ५० हजार लगानी रहेको परियोजनाले जनाएको छ । पूर्वाधार निर्माण कार्य अन्र्तगत अहिले तलदेखि माथि पानि तान्नको लागि सोलार प्यानल जडान, वितरण ट्याङ्की , निजी धारा लगायतका पूर्वाधार निर्माण कार्य अन्तीम चरणमा पुगेको छ ।

यस आयोजनाबाट एक घर एक धाराको अबधारण अनुसार स्थानीय एक विद्यालय सहित ९३ घरमा गरि ७४ वटा धारा निर्माण हुनेछन् । पाईपलाईन विस्तार, धारा, वितरण ट्याङ्की निर्माणको कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले बताए । यसैबिच आयोजनामा स्टिमेट अनुसार सोलार प्यानलको संख्यामा फरक परेपछि दोस्रो किस्ता निकासा हुन ढिलाई भएपछि आयोजनाको निर्माण कार्य समेत प्रभावित बनेको छ ।

स्टिमेटमा २१० वाट क्षमताका १४४ वटा सोलार प्यानल जडान गर्ने उल्लेख भएपनि सोलार कम्पनी र प्राविधिकहरुको सल्लाहमा २६० वाट क्षमताका १२० वटा सोलार प्यानल जडान गरिएको भएपनि जिल्ला समन्वय समितिले दोस्रो किस्ता निकासा गर्न ढिलाई गरेपछि समस्यामा परेको अध्यक्ष भण्डारीले बताए । सोलारको संख्या कम भएपनि स्टिमेटमा भन्दा बढी वाटको क्षमता पुग्दा समेत जिसस र जिल्ला प्राविधिक कार्यालयले आनाकानी गरेको उपभोक्ता समितिको गुनासो छ ।

‘‘ हामीले खरिद समिाति मार्फत नै यि सामान लिएका हौँ , वासका प्राविधिकहरुबाटै सामान परिक्षण समेत गराएका छौँ, अनुगमनका क्रममा समेत कुनै सल्लाह आएन उहाँहरुबाट, अहिले एक्कासी स्टिमेट अनुसार नभएको भन्दै दोस्रो किस्ता दिन रोकिएको छ, यसले आयोजनामा काम गरेकाहरुलाई ज्याला दिन समेत हामीलाई समस्या भएको छ,’’– अध्यक्ष भण्डारीले भने । उनले समयमै दोस्रो किस्ता उपलब्भ गराएको भए यसै असार महिनाभित्रैमा यो आयोजना सम्पन्न गर्ने लक्ष्य लिईएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l