निशूल्क आँखा शिवीरबाट तिन सय भन्दा बढी लाभान्वित

  • ८ असार २०७४, बिहीबार
  • 1345 पटक पढिएको

म्याग्दी, ८ असार । जलजला गाउँपालीकाको मल्लाजमा निशूल्क आँखा उपचार शिवीर सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग, मल्लाज स्वास्थ्य चौकी र हिमशुसेली युवा कल्वको व्यवस्थापनमा लायन्स कल्व अफ मल्लाज चौतारीले आयोजना गरेको शिवीरबाट तिन सय जना लाभान्वित भएका छन् ।

शिवीरमा आँखा परिक्षण, परामर्श, निशूल्क औषधी वितरणका साथै मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने ५० जनालाई कुश्मामा अप्रेशनका लागि रिफर गरिएको ब्यवस्था छ । यसैगरी जलजला गाउँपालीका ३ मल्लाजका युवा रवीन जिसीले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर सामुदायीक विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने बालबालीकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।

फड्के ढुङ्गा, समाज कल्याण, विन्दबासीनी, दिनकल्याण आधारभुत विद्यालय र विद्याज्योती माविका १५० जना भन्दा बढी बालबालीकाहरुलाई सात हजार रुपैया बराबरको कापी र कलम वितरण गर्नुभएको हो ।