माओवादी साधु भएको दाहालको दाबी

  • ७ असार २०७४, बुधबार
  • 2199 पटक पढिएको

उदयपुर— नेकपा (माओबादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकै दिन जिल्लाका चार वटा सभालाई सम्बोधन गर्न भ्याए। सभामा उनले आफ्नो पार्टी माओवादीलाई ‘साधु’ पार्टीको संज्ञा दिए। बुधबार उदयपुर आइपुगेका उनले सदरमुकाम गाईघाटमा आयोजित चुनावीसभालाई दिउँसो सम्बोधन गर्दै आप्mनो पार्टीलाई नदिइ अरुलाइ भोट दिए ‘चोरलाई चौतारो र साधुलाई सुली’ हुने जिकिर गरे।

मध्यान्ह १ः०० बजे आईपुग्ने भनि प्रचार गरिए पनि निर्धारित समयभन्दा २ घण्टा ढिला हेलिकोप्टर चढेर कार्यक्रमस्थल आइपुगेका अध्यक्ष दाहालले देशका हजारौं सहिदको रगतले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न माओबादीलाई भोट दिन आग्रह गरेका थिए।कांग्रेस एमालेले भने प्रचारकै भरमा कुहेको पिठो पनि चामलभन्दा महँगोमा बिक्री गर्ने गरेको दाहालको भनाइ थियो।

‘अहिले देशमा जुन संघीय गणतन्त्र छ, जुन स्थानीय तहको चुनाव हुन गइरहेको छ त्यो सब माओबादीका कारण आएको हो’ उनले सम्बोधनको क्रममा भने ‘कांग्रेसले आत्मैदेखि गणतन्त्र स्वीकारेको होइन, गणतन्त्र प्राप्तिको निम्ति चलिरहेको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने ओलीजी अहिले पनि हुँदैहुनुहुन्छ ।’

कांगे्रस र एमालेले नचाहँदा नचाहँदै देशमा गणतन्त्र, संघीयता आएको, समानुपातिक समावेशी व्यवस्था, धर्मनिरपेक्षताजस्ता कुरालाई संविधानमा लिपिबद्ध गर्न आफूहरु सफल भएको उनलले जिकिर गरे। आर्थिक वृद्धिदर र लोडसेडिङको अन्त्य आफ्नो सरकारका उपलब्धि भएको उनले बताए।

लम्पसारवादको खण्डन
राम्रो काम गर्न खोज्दा धेरैले लम्पसारबादी भनेको स्मरण गर्दै दाहालले भारत र चीनसँगको समन्वयमा हुलाकी मार्गको काम सुरु भएको बताए। वान बेल्ट वान रोडको कामको सम्झौता भइसकेको उनको भनाइ थियो। अाफ्नै प्रयासमा भारतले हुलाकी मार्गको ८०० किलोमिटरको काम सुरु गरिसकेको र दोस्रो चरणको काम पनि सुरु गर्ने तयारी भईरहेको उनको भनाई थियो । विपक्षीले जतिसुकै कुरा काटे पनि भारत र चीनसँग सिधा सिधा कुरा गरेर वैदेशिक सम्बन्ध सुमधुर बनाएको दाहालको दावी थियो।

देशमा मधेस जलिरहेको, भारत र चीन रिसाइरहेको अवस्था रहेको, संविधान स्वीकार्य नभईरहेका बेला आफू प्रधानमन्त्री भएको स्मरण गर्दै अध्यक्ष दाहालले ती सबै समस्या एक एक गरी सल्टाउँदै अहिले संविधानलाई सर्वस्वीकार्य गराउने काम भइरहेको बताए। संविधानको स्वीकार्यताका लागि नै आफूले स्थानीय तहको चुनाव जवरजस्ती गराएको भन्दै दाहालले तर जतिसुकै राम्रा काम गरे पनि विपक्षीहरुले गलत प्रचार मात्र गर्ने गरेको उनले बताए।

कांग्रेस एमालेले भने प्रचारकै भरमा कुहेको पिठो पनि चामलभन्दा महँगोमा बिक्री गर्ने गरेको दाहालको भनाइ थियो।

नक्कली राष्ट्रवादीको विगविगी
अहिले मुलुकमा नक्कली राष्ट्रबादीहरुको बिगविगी रहेको भन्दै उनले राष्ट्रबाद भनेको के हो भन्ने कुरा खुलस्त हुनुपर्ने बताए। ‘राष्ट्रबाद भनेको देशमा बसोबास गर्ने सबै जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग, समुदायको समग्र एकता हो’ दाहालले भने ‘नेपालमा कुनै एउटा जाति र वर्गलाई समाएर अरुलाई लत्याएर बस्नेहरु आफुलाई सक्कली राष्ट्रबादी हुँ भनेर डङ्का पिट्छन्।’

लगभग ४५ मिनट लामो भाषण गरेका दाहालले स्थानीय त्रियुगा नदी नियन्त्रण र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको प्रवद्र्धनमा केन्द्रीय सरकार र पार्टीले सहयोग गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए। यसअघि त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्वार किरण राईले त्रियुगा नदी कटान, उदयपुर सिमेन्ट उद्योग, गाईघाटमा मेट्रो रेल र पर्यटनका सम्भनाजस्ता आप्mना चुनावी योनजालाई सहयोग गर्न उनको ध्यानाकर्षण गराएका थिए।

पूर्व बेलका नगरपालिकामा १ः०० बजे सम्बोधन गरेका प्रचण्डले अर्को चौदण्डीगढी नगरपालिकाको चुनावीसभालाई सम्बोधन गरेर त्रियुगा नगरपालिकाको कार्यक्रममिमा आएका थिए। यहाँको चुनावीसभापछि उनी जिल्लाको अर्को नगरपालिका कटारीमा सम्बोधन गरेर राजधानी फर्केको पार्टी नगर कमिटी संयोजक विमल किरातीले बताए। Source: Nagariknews.com