बेनीमा तेस्रो विश्व योग दिवस मनाइयो

  • ७ असार २०७४, बुधबार
  • सन्तोष गौतम
  • 3281 पटक पढिएको

म्याग्दी ७ असार । म्याग्दीको बेनी र दरवाङ बजारमा बुधबार विभिन्न कार्यक्रम गरेर तेस्रो विश्व योग दिवस मनाइएको छ । नबिन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा सन्देशमुलक ¥याली र औपचारीक समारोहको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निरोगिताका लागि योगको महत्वपूर्ण भूमिका रहने बताउँदै स्वस्थ्य आचार, ब्यवहार र बिचारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

बेनी नगरपालीकाका उपमेयर सञ्जु बरुवाल, मालीका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालु र बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले टोल टोलमा योग शिक्षा र महत्वको बारेमा बुझाउनुपर्ने बताउँदै पूर्वाधारको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
योगी डाक्टर ऋषीराम लम्सालले योग, प्राकृतिक चिकित्सा, जडिवुटी, जल र हावालाई स्वस्थ्य बनाउन जैवीक र प्रकृती संरक्षणको अवराधारणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । योगी कौप्रसाद बुढाले योगमा सहभागी भएपछि आफ्नो स्वास्थ्यमा धेरै सुधार आएको अनुभव सुनाउनुभयो ।

नविन आनन्द योग केन्द्रका अध्यक्ष टिकाबहादुर जुक्जाली (नविन)को अध्यक्षता, सचिव सुरेन्द्रराज शर्माको स्वागत र सदस्य हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा पनी नविन आनन्द योग केन्द्र दरवाङ उपशाखाको आयोजनामा ¥याली, प्रवचन, योगासनको नमुना प्रर्दशन, अमृत भोजन, जमराको जुस वितरण गरेर योग दिवस मनाइएको त्यहाँबाट खड्ग छन्त्यालले बताउनुभयो ।

 

सन्तोष गौतम