बेनीमा सार्वजनीक खरिद ऐन सम्बन्धि तालीम

  • ७ असार २०७४, बुधबार
  • 1711 पटक पढिएको

बेनी ७ असार । बेनीमा बुधबार सार्वजनीक खरिद ऐन सम्बन्धि तालीम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको आयोजना र कोष तथा लेखा नियन्त्रकको कार्यालयको व्यवस्थापनमा तिन दिने तालीम सम्पन्न भएको हो । तालीममा म्याग्दीका सरकारी कार्यालयका लेखा र जिन्सी शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सार्वजनीक खरिद ऐन सम्बन्धि नितीगत व्यवस्थाको विषयमा जानकारी गराई कर्मचारीमा रहेको अन्यौलता हटाई खरिद कार्यलाई पारदर्शी बनाउन सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोष नियन्त्रक छविन्द्र बेल्वासेले जानकारी दिनुभयो ।

तालीमको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बित्तिय अनुसासन, पारदर्शीता र शुसासन कायम राख्न सार्वजनीक खरिदसंग सम्बन्धि ऐन, नियम, बिधी र प्रक्रियाको व्यवहारीक कार्यान्वयनमा जोड दिनुभयो ।

तिन दिनसम्म सञ्चालन भएको तालीमको सार्वजनीक खरिद अनुगमन कार्यालयका निर्देशक ऋषीराम पंगेनी, शंकरकृष्ण श्रेष्ठ, डिल्लीराज श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा बेनी नगरपालीका कार्यालयका लेखा अधिकृत युक्तप्रसाद शर्माले सहभागीको तर्फबाट मन्तब्य व्यक्त गर्नुभएको थियो ।