बेनीमा अनुशिक्षण कार्यक्रम सम्पन्न

  • ६ असार २०७४, मंगलवार
  • 1347 पटक पढिएको

म्याग्दी, ६ असार । बेनीमा मंगलबार मानव अधिकार, कानुनको शासन, लैङ्गीक न्याय र सार्वजनीक सरोकारका बिवादमा अदालतको निर्णय कार्यान्वयन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा मानव अधिकार, कानुनका शासान, लैङ्गीक न्याय र सार्वजनीक सरोकारका विषयमा अदालतको निर्णय कार्यान्वयको अवस्था, समस्या र समाधानका लागि चालीनुपर्ने कदमका विषयमा छलफल भएको थियो ।

जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सहसचिव फडिन्द्र गौतमले सेवाग्राहीलाई सहज हुने गरी प्रक्रिया र कार्य्बिधीको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।उपसचिव लोकहरी बस्यालले नेपालमा मानव अधिकार, कानूनको शासन, लैङ्गिक न्याय र सार्वजनिक सरोकारका विवादमा अदालतको आदेश र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सो सम्बन्धि जिल्लाको बस्तु अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले न्याय सेवामा आम नागरीकको पहुँच बढाउन र अदालतले गरेका फैसला कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।