म्याग्दी नदीले बगाएकी बालीकाको प्रहरीद्धारा उद्धार

  • ५ असार २०७४, सोमबार
  • 7342 पटक पढिएको

म्याग्दी, ५ असार । बेनीमा म्याग्दी नदीले बगाएकी एक बालीकाको सोमबार उद्धार गरिएको छ । धौलागिरी गाउँपालीका ३ मुना घर भई हाल बेनपा २ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षिया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा  स्थानीय र प्रहरीले उद्धार गरेका हुन्  ।


म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा खसेको चप्पल छोप्ने जाने क्रममा ममतालाई नदीले ५० मिटर तलसम्म बगाएको थियो । नदीले बालीकालाई बगाएको देख्नेवित्तकै प्रत्यक्षदर्शीले सूचना गरेपछि घटनास्थल पुगेर सकुशल उद्धार गरेको प्रहरी निरिक्षक दिवाकर घिमीरेले बताउनुभयो ।

बालीकाको उद्धार गरी बेनी अस्पतालमा उपचार भैरहेको छ । यसअघि गत महिना पनि कालीगण्डकी नदीले बगाएर बिच भाडामा रहेको ढुङ्गामा अड््कीएका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको थियो ।