खप्रसाद बने शान्ति कोषको संरक्षक सदस्य

  • ५ असार २०७४, सोमबार
  • सन्दिप खत्री
  • 2257 पटक पढिएको

म्याग्दी,५ असार । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा मंगला गाउँपालिका १ कुहँुका खप्रसाद शेरपुञ्जाले २ लाख आर्थिक सहयोग गरेका छन् । संस्थाको विधान अनुरुप २ लाख आर्थिक सहयोग गरेका शेरपुञ्जा शान्ति कोषको संरक्षक सदस्य समेत बनेका छन् । पहिले १ लाख ३ हजार आर्थिक सहयोग गरेका शेरपुञ्जाले आर्थिक थप गरि २ लाख पु¥याएका हुन् । म्याग्दी उद्धार समिति बहराईनका मानार्थ सदस्य समेत रहेका शेरपुञ्जा विगत २५ वर्ष देखि बहराईनमा कार्यरत छन् ।

शेरपुञ्जाले परोकापकारी क्षेत्रमा सहयोग गर्न पाउँदा आफू खुसी भएको बताए । उनले आगामी दिनमा पनि परोपकारी कामहरुमा सहयोग गर्दै जाने बताए । कोषका अध्यक्ष राजेश शाक्यले म्याग्दी उद्धार समिति बहराईनको संयोजनमा भएको आर्थिक संकलनले आफूहरुलाई डेढ करोडको अक्षय कोष स्थापनाको लक्ष्य नजिक पुग्न सहयोग गरेको बताए । उनले भने–“बहराईनमा रहनु भएका साथीहरुले हामीले सोचे भन्दा पनि राम्रो सहयोग गर्नु भएको छ ।

हामी सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ ।” उनले सबैलाई परोपकारी कार्यमा सहयोग गर्नका लागि समेत आग्रह गरेका छन् ।

 

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l