भानुमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता

  • ४ असार २०७४, आईतवार
  • 1803 पटक पढिएको

म्याग्दी, ४ असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठन भएको बाल कल्वको आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । असार ८ र ९ गते रत्नेचौर स्थित बडाचौर खेलमैदानमा मावि तहका विद्यार्थीको सहभागितामा सञ्चालन हुने प्रतियोगितामा प्रथम र दितृय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र दश हजार रुपैया पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सुदिप स्मृती कोषबाट प्रथम पुरस्कारको प्रायोजन हुने प्रअ भरत केसीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढेको छ । बालबालीकाको प्रतिभा पहिचानका साथै बाडेचौर खेलमैदानको सम्भावना उजागर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।