परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु बिषयमा अन्र्तक्रिया

  • २ असार २०७४, शुक्रबार
  • 1989 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशु स्याहारको बिषयमा पत्रकार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा परिवार नियोजनका साधनको उचित प्रयोग, सुरक्षित मातृत्वको लागि पु¥याउनुपर्ने ध्यान र नवजात शिशु स्याहारको बारेमा छलफल भएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका सम्पर्क व्यक्ति नारायण प्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले अनिश्चित गर्भ रोक्न र गर्भपतन गराउने अबस्था आउन नदिन महिला र पुरुषहरुको लागि स्थायी तथा अस्थायी परिवार नियोजनका साधनको उपलब्धता रहेकाले उचित तवरले ति साधनहरुको प्रयोग बढाउन आबश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले स्वस्थ परिवारको लागि बढी सन्तान नजन्माउने, सुरक्षित मातृत्व र नवजात शिशुको स्याहारमा बिषेश ध्यान दिन आबश्यक रहेकोमा जोड दिदै राज्यले दिएका सेवा तथा सुविधाबारे सकारात्मक प्रचार प्रसारमा सञ्चारकर्मी र सञ्चारमाध्ययमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा पत्रकार दिलीप पौडेलले स्वास्थ्य क्षेत्रको समस्या उजागर संगै स्वास्थ्यसंग सम्बन्धित बिषयबस्तुलाई जनताले बुझने गरि प्रचार प्रसार गर्न सकेमा राज्यले नागरिकलाई दिने स्वास्थ्य सुविधाबारे जनताहरु समक्ष सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यक्रममा सञ्चारकर्मीले उठान गर्नुपर्ने बिषयबस्तुको सम्बन्धमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको समापन नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले गर्नुभएको थियो ।