बेनीमा मेलमिलाप तालीम सुरु

  • २ असार २०७४, शुक्रबार
  • 2259 पटक पढिएको

बेनी २ असार । बेनीमा शुक्रबारदेखि सामुदायीक मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति र स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम –एलजिसीडीपी)ले आयोजना गरेको तालीम आठ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालीममा धौलागिरी गाउँपालीका ३ मुना, बेनपा ३ भकिम्ली र अन्नपूर्ण गाउँपालीका ६ घारका जनप्रतिनिधि, वडा सचिव, सामाजिक परिचालक र नागरीक सचेतना केन्द्रका प्रतिनिधिको सहभागीता रहेको छ ।

तालीमको कानुन व्यवसायी ममतादेवी शर्मा र मनोहरबि पौडेलले सहजिकरण गर्नुहुने जनाएको छ । उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधिश रामप्रसाद शर्माले समुदाय स्तरमा बिवाद निवारण र मेलमिलापका लागि पहल हुन सकेमा सामान्य प्रकृतीका मुद्दामा न्यायालय सम्म पुग्न नपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले समुदाय स्तरमै बिवाद समाधान र मेलमिलाप हुन सकेमा तनाव, समय र आर्थिक खर्चबाट मुक्ति मिल्ने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, प्रशिक्षक ममतादेवी शर्मा, बेनी नगरपालीकाका कार्यकारी अधिकृत विश्वामित्र कुईकेल, नेपाल बार एसोशियसनका अध्यक्ष डाक्टर भुपेन्द्र खड्काले मन्तब्य व्यक्त गर्नुभएको थियो । स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षता, एलजिसीडिपी कार्यक्रम अधिकृत प्रकाश रेग्मीको स्वागत र दिलमाया बिटालुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।