विजयी विद्यार्थीलाई सम्मान एवम् पुरस्कार वितरण

  • २ असार २०७४, शुक्रबार
  • 2293 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले जिल्लामा आयोजित विभिन्न प्रतियोगिताहरुमा विजयी भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान एवम् पुरस्कार वितरण गरेको छ ।


चालु शैक्षिक वर्ष २०७४ को दुई महिनाको अवधिमा भएका जिल्ला स्तरीय प्रतियोगिताहरुमध्ये म्याग्दी जेसिजले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल छात्रा जेनिषा शर्मा र जिल्ला स्तरीय कराँते प्रतियोगितामा द्धितीय स्थान प्राप्त गरेकी प्रीति रोकालाई सम्मान एवम् पुरस्कृति गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद शेढाई र अतिरिक्त क्रियाकलाप विभाग प्रमुख धु्रबसागर शर्माले विजयी विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कार वितरण गरेका थिए ।