सुन्तला बिरुवा उत्पादनमा आधुनीक प्रबिधिको प्रयोग

  • १ असार २०७४, बिहीबार
  • 3953 पटक पढिएको

म्याग्दी, ०१ असार । बेनी नगरपालीका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका छन् ।नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रन हाउस (पलास्टीक घर) निर्माण भएको हो ।
चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने जनाइएको छ ।

घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकै साथ स्पीङकल सिचाई हुने व्यवस्था मिलाइएको सो पलास्टीक घरबाट एक पटकमा पचास हजार बिरुवा उत्पादन गर्न सकिने क्षमत्ता छ । बिजु र कलमी प्रबिधिबाट बिरुवा उत्पादन गर्नका लागि जिल्लामै पहिलो पटक राखुमा स्क्रीन हाउस निर्माण गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आगामी वर्षदेखि बिरुवा उत्पादन सुरु गर्ने कृषक पुनले बताउनुभयो ।


उहाँले यसअघि खुल्ला ठाउँमा सुन्तलाको बिरुवा उत्पादन गर्नुभएको थियो । स्क्रीन हाउस र पलास्टीक पोखरी निर्माण तथा उपकरण खरिदका लागि कृषि विकास कार्यालयले सात लाख पचास हजार रुपैया अनुदान सहयोग गरेको बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । कृषकले थप दुई लाख पचास हजार रुपैया बराबरको लगानी गरेर स्क्रीन हाउस निर्माण गरेका हुन् । राखुका कृषकहरुले दश हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् ।
सुन्तला बजारसम्म पु¥याउनका लागि त्यहाँका बासिन्दाले पचाल लाख रुपैया भन्दा बढी लगानी गरेर गाउँमा सडक पु¥याएका छन् । ६३ घरधुरीको बसोबास रहेको राखुको मुख्य आयस्रोत सुन्तला खेती हो ।